Home / आइसिटी न्युज/टेक अपडेट / ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको छ।

फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर ह्यान्डल प्रयोगकर्ताले केही दिनयता नेपाली वेबसाइट ह्याक गरेको भन्दै ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।

‘पिनोय लुजसेक’ नाम दिइएको यो ह्यान्डलले मात्रै दुई दर्जन वेबसाइट प्रभावित पारेको देखिन्छ । यो ट्वीटर ह्यान्डलले राहदानी विभागको वेबसाइट ह्याक गरी डाटाबेस नै सार्वजनिक गरिदिएको छ ।

सरकारी कार्यालयका वेबसाइट बनाउने बेला सुरक्षाका सामान्य उपायसमेत नअपनाइएकोले यस्तो समस्या आएको विज्ञहरु बताउँछन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक ...