Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए ।

उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो ।

ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

२०२१ को डिभी खुल्यो, नि:शुल्क आवेदन यसरी भर्नुहोस्

२०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ ...