Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ ।

उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ ।

प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी गरेको छैन । त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्र्सप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...