Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / २५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा

२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा

२५ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१९ काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ । माघ २० गतेसम्म चल्ने  इन्फोटेक २०१९, मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गर्नु भएको हो । उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै वर्ग, व्यक्तिमा सीमित नराखी सर्वसुलभ रुपमा सबैसँग पुग्नुपर्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले देशमा कनेक्टीभिटी अझै सुलभ हुन नसकेको बताउँदै कनेक्टिभिटी लाईनको मार्ग अझै खुला भइनसकेको बताउनु भयो ।

व्याण्डविथ र सेटलाइट राख्ने सरकारको योजना छ । मन्त्री बाँस्कोटाले भन्नु भयो ‘‘सरकारलाई कन्भिन्स गर्नु ।’’ २ हजार वृद्धभत्ता लिने दुर्गम क्षेत्रका जनताहरुसम्मक सूचन प्रविधिको सेवा पु¥याउनतर्फ पनि सूचना प्रविधि व्यवसायीहरुको ध्यानाकर्षण गराउनुभयो ।   सरकारले १६ हजार कम्प्युटर किनेर देशको सबै विद्यालयहरूमा पु¥याउँदैछ । सरकारले नबुझेको कुरा सम्झाउनु होस् । सरकार सहयोग गर्न तयार छौं ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस क्षेत्रमा आवद्ध व्यवसायीहरूले ग्राहकहरूलाई सुन्तुष्ती दिन सक्नु पर्छ र जबसम्म सन्तुष्ती दिन सकिदैन तबसम्म सेवाको महत्व नहुने पनि बताउनु भयो ।

नेपाल चेम्वर्स अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापार घाटा कम गर्न सक्ने सुझाव दिनु भयो । मल्लले यस क्षेत्रमा आवद्ध व्यवसायीहरू निराश छन् । सूचना पार्क उपयोग विहिन भएको छ । सूचना प्रविधिको क्षेत्रमा हजारौं जनशक्ति तयार भएका छन् । आफ्नै देशमा सूचना प्रविधिको विकास गरी विदेशिएका युवाहरूलाई रोजगार दिने वातावरण बनाउनु पर्ने बताउनु भयो ।  प्रमुख प्रायोजक सुविसु केवल नेटवर्क प्रा.लिका अध्यक्ष सुधीर पराजुलीले आर्टिफिसियल इन्टेजिेन्स सफ्टवयर पहिलो पटक प्रयोगमा ल्याएको बताउनुभयो । एशोसिएटस् स्पोन्सर ई–सेवाकाको तर्फबाट रोशन लामिछानेले इन्फोटेक मेला विगतको भन्दा फरक हुने विश्वास लिएको बताउँदै डिजिटल पेमेन्ट प्रविधिको जानकारी गराउँनु भयो । टिकट काट्ने सहभागीहरू मध्ये ४ जनालाई इन्डोनेशियाको बाली र थाइल्याण्डको बैंककमा हवाई टिकट र खानबस्न सहित सुविधा दिने बताउनु भयो ।  क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले मेला प्रदर्शनीमा राखिएको सूचना प्रविधिहरूबाट सक्दो फाइदा लिन सबैलाई आग्रह गर्नुभयो ।

क्यान महासंघका महासचिव रञ्जित पोदारबाट मेलामा रोवट व्याटल किम्पिटिशन, इनोभेशन सेन्टर र ड्रोन लगायत विविध आकर्षणहरू भएको बताउनु भयो ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...