Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई कम मनपराउन थालेका छन् ।

कम्तिमा महिनामा एकपटक फेसबुकमा लग इन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ । सन् २०१५ यो संख्या ६० प्रतिशत रहेको थियो ।

४५ वर्षदेखि ६४ वर्ष आयु भएका मानिसमा यो संख्या ५८ प्रतिशत रहेको छ । तथ्यांकका अनुसार अन्य देशमा पनि यस्तै ट्रन्ड देखिएको छ । त्यसो त फेसबुकको उपयोगको नापजोख निकै जटिल रहेको छ । कम्पनीले सन् २०१९ को पहिलो तीन महिनामा २ अर्ब फर्जी प्रोफाइल बन्नबाट रोकेको थियो ।

सन् २००३ मा मार्क जकरबर्गले हार्वर्डमा आफ्नो कक्षाका साथीहरुको आकर्षित गर्न सक्ने क्षमताको र्याङ्किङ्ग गर्नका लागि एक वेभ साइट फेसमास डटकम बनाएका थिए । तर, कलेजले त्यसलाई डिलीट गरिदिएको थियो ।

१९ वर्षीय मार्कले त्यसपछि फेसबुक ल्याएका थिए । सन् २००६ मा यसका १ करोड प्रयोगकर्ता थिए । यसलाई विद्यार्थीको नेटवर्किङ साइटका रुपमा चिनिन्थ्यो । अहिले फेसबुकका २ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

तर, पछिल्लो समय टिनएजर र युवा फेसबुकबाट टाढिन थालेका छन् । यसमा युवाहरुको विद्रोही स्वभावले पनि भूमिका खेलेको छ ।

कयौँ टिनएजर आफ्नो परिवारका सदस्यसँग नेटवर्क शेयर गर्न चाहँदैनन् । आरबीसी बैंक मार्क महाने कन्टेन्टका कारण पनि युवा फेसबुकबाट अलग भइरहेको बताउँछन् ।

स्न्यापच्याट र इन्सटाग्रामले टिनएजरहरु तस्विर र रोचक स्टोरी हर क्षण सेयर गर्न पाउँछन् । फेसबुकको जोड समाचार र सन्देशमा छ ।

फेसबुक भाग्यमानी पनि छ । सन् २०१२ मा इन्सटाग्राम र २०१४ मा मेसेजिङ एप ह्वाटसएपलाई अधिग्रहण गरेको थियो । फेसबुक मेसेन्जरलाई जोड्ने हो भने कम्पनीसँग (इमेल छाडेर) सबैभन्दा अधिक उपयोग गरिने पाँच मध्ये चार कम्युनिकेसन एप रहेको छ ।

फेसबुकले अलग अलग प्लाटफर्मको आमदानी बताउने गरेको छैन । तर, कीबैङ्क क्यापिटल मार्केट्सका एन्डी हारग्रीब्सका अनुसार यस वर्ष फेसबुकको ४६९१ अर्बको आयमा इन्सटाग्रामको हिस्सा २३ प्रतिशत हुनेछ । यो अनुमान विज्ञापन दाताहरुको सर्भेमा आधारित हो ।

इन्सटाग्राममा स्टोरीको फरम्याटमा धेरै विज्ञापन दिइन्छ । त्यही भएर यसको आमदानी बढ्ने अनुमान गरिएको छ । सन् २०२० देखि ह्वाटसएपमा पनि विज्ञापन शुरु हुनेछ । त्यतिबेला उसले डिजिटल करेन्सी लिब्रा लञ्च गर्ने पनि तयारी गरेको छ । एजेन्सी

About ICT Khabar/आइसिटी खबर

Check Also

सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

सोनीले मानिसको सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो आकारको ‘एसी’ (एयर कन्डिशनर) बनाएको छ।‘रेओन पकेट’ ...