Home / आइसिटी न्युज/टेक अपडेट / ५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म लिन सकिने छ ।

यो सेवा लिएको दिनबाट सात दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले ल्याएको विभिन्न योजना मध्ये यो अहिलेसम्मको सर्वाधिक सस्तो योजना भएको बताइएको छ । ग्राहकले यो सेवा लिनका लागिग *१४१५# डायल गर्नुपर्ने छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक ...