Home / आइसिटी न्युज/टेक अपडेट / 2076 साउन १ गते देखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

2076 साउन १ गते देखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

काठमाण्डौ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि 2076 साउन १ गते देखि इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ। एक रिसर्चका अनुसार ...